भुवनलाई सम्मान, सामिप्य र श्रीधरलाई पुरस्कार



आगामी आइतबार जापानको टोकियोमा आइतबार सम्पन्न हुन लागेको ‘सुर्य इन्टरनेशनल अवार्ड–२०१८’ मा नेपाली चलचित्र क्षेत्रमा निरन्तर लाग्दै आईरहेका दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत प्रदान गरिने भएको छ ।

अवार्ड समारोहमा ३ दशक भन्दा पनि बढि समय चलचित्र क्षेत्रमा निरन्तर क्रियाशिल बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई ‘सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मान गरिँदैछ ।


यस्तै तीन दशकदेखि लगातार फिल्म क्षेत्रमा क्रियाशिल रहँदै आएका सदावहार नायक भुवन केसीलाई ‘सुर्य कलाकारिता सम्मान–२०१८’ बाट सम्मान गर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

‘सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट दुई चलचित्र पत्रकार पुरस्कृत हुने भएका छन् । सुर्य चलचित्र पत्रकारिता पुरस्कारबाट समिप्य राज तिमल्सेना र फोटो पत्रकारिता पुरस्कारबाट श्रीधर पौडेललाई पुरस्कृत गरिने अवार्डका नेपाल संयोजक समिर बलामीले बताए ।

सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारेहमा प्रदान गरिनेछ । समारोहमा चलचित्रको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu