हेमनको अभियानलाई मनोज र मरिस्काको साथ



गायनसँगै पछिल्लो समय समाज सेवालाई निरन्तरता दिँदै अगाडी बढिरहेका गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारा सहित बेलायतमा कार्यक्रम गर्ने भएका छन् । हेमनले आफ्नो गैह्र नाफामुलक संस्था मानव जीवन संरक्षण मञ्च, नेपाल मार्फत बेलायतबाट अभियानको सुरुवात गर्न लागेको बताएका छन् ।

झन्डै पाँच करोडको अक्षयकोष निर्माणगरी नेपाल सरकारद्वारा पिछडिएको क्षेत्र घोषित ७ वटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुनेगरी सौर्य ऊर्जा सहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उदेश्यका साथ मञ्चले यस अभियानमा अगाडी बढेको जनाइएको छ ।

नोभेबर १७मा लन्डनको ग्रीनफोर्ड टाउन हलमा बृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्धन कार्यक्रम आयोजना गरि उद्घाटन गरिने हेमनले जनाए । ‘हामी नेपाल भ्रमण वर्षको अभियान सहित हाम्रो अभियानमा अगाडी बढेका छौ, सम्माननीय पुर्वप्रधानमन्त्रीसँगै हाम्रो टिम लण्डन प्रस्थान गर्दैछौ’ हेमनले बताए ।

उनले यस अभियानमा हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री मरिस्का पोखरेलले पनि साथ रहने बताए । ‘हाम्रो अभियानसँगै हामीले सांस्कृतिक प्रस्तुतिहरु पनि पेश गर्नेछौ’ उनले भने ‘हाम्रो प्रस्तुतिले उपस्थितलाई मनोरंजन प्रदान गर्नेछ ।’

अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यति नेपाली एसोसियसन, युके र गैर आवासीय नेपाली संघ, बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुदैछ । कार्यक्रममै सहभागी हुनकै लागि पूर्वप्रधानमन्त्री नेपाल बेलायत पुग्दैछन । हेमनले पूर्वप्रधानमन्त्री नेपालको उपस्थितिले कार्यक्रममा ‘सुनमा सुगन्ध’ भए झैँ भएको बताए ।

बेलायतपछी अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा अभियान पु¥याउने लक्ष्य निर्धारण गरिएको अभियान सञ्चालनपश्चात पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu