लामो समयदेखि प्रेममा रहेको खबर चर्चामा रहेपनि अन्ततः निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँले यो खबरलाई सत्यतामा परिणत गरेका छन् । दुबैले प्रेममा रहेको खुलासा गरेका छन् ।
प्रेममा मात्र नभई उनीहरुले इन्गेजमेन्ट समेत गरिसकेका छन् । इन्गेजमेन्ट भने केही हप्ता अगाडि मात्र भएको हो । निर्देशक भट्टराईले विवाह भने मंसिरपछि मात्र हुने बताए । दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् ।

अहिले दीपिका अभिनीत नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ चलचित्र ‘क्याप्टेन’ शिवरात्रीको छेकोमा रिलिज हुँदैछ, जसमा अनमोल केसी लिड रोलमा छन् ।
दीपिका र दीवाकर चलचित्र ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएका हुन् । दुबैले आफ्नो आधिकारिक फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै प्रेममा रहेको कुरालाई पुष्टि गरेका हुन् ।
दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘र उहाँ मेरो लागि सँधै ♥ ।’ दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । दुबैले एकै समयमा तश्बिर फेसबुकमा शेयर गरेका हुन् ।






