लामो समयको प्रेम सम्बन्धलाई चाँडै विवाहमा परिणत गर्न लागेका अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दीवाकर भट्टराई हनिमुनका लागि थाइल्याण्ड पुगेको छ । हालैमा उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा कसिएको तश्बिर शेयर गरेका थिए ।
फेसबुकमा तश्बिर राखेकै साँझ यो जोडी थाइल्याण्डतर्फ उडेका थिए । अभिनेत्री दीपिकाले प्रेमी तथा निर्देशक दीवाकरसँग क्लिक गरेका रोमान्टिक तश्बिरहरु फेसबुक स्टोरीमा शेयर गरेकी छिन् ।

एक तश्बिरमा दुईले एकअर्कालाई चुम्बन गरेका छन् । उनीहरुको हनिमुन टुर अविस्मरणीय बनिरहेको तश्बिर बोल्छ । यी दुई चलचित्र ‘ऐश्वर्य’ को सेटबाट नजिक भएका थिए । दीपिकाको उक्त चलचित्र डेब्यु थियो । यो चलचित्र रिलिज लगत्तै उनीहरुको अफेयरको खबर बाहिर आएको थियो ।
लामो समय प्रेम-प्रेमिका नभई साथी मात्र बताउँदै आएपनि दशैं सकिए लगत्तै दीपिका र दीवाकरले मिडियामा चर्चामा रहेको अफेयरको खबरलाई सत्यतामा परिणत गरेका थिए । दीपिकाको दोस्रो चलचित्र ‘छक्का पञ्जा ३’ ले अहिले जबरजस्त कलेक्सन गरिरहेको छ भने दीवाकर निर्देशित चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज हुँदैछ ।




