सरोज खनालले खोले ‘माला आर्टस् एकेडेमी’



पुराना अभिनेता सरोज खनालले फिल्म एकेडेमीको सुरुवात गरेका छन् । काठमाडौँस्थित दरबारमार्गमा ‘माला आर्टस् एकेडेमी’ को उनले सुरुवात गरेका हुन् । खनालका अनुसार वर्षमा तीनवटा ब्याच र प्रत्येक ब्याचमा १५ जना विद्यार्थी रहने छन् ।

नेपाली चलचित्रकर्मीहरुको बाक्लो उपस्थितिमा शनिबार एकेडेमीको औपचारिक उद्घाटन गरिएको छ । नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा पोख्त बनाउन एकेडेमी स्थापना गरेको खनालको भनाई छ ।

चन्द्रमाला शर्मा अध्यक्ष रहेको एकेडेमीमा एउटा कोर्सको ६० हजार सम्म शुल्क लाग्नेछ । यस एकेडेमीमा रंगकर्मी वीरेन्द्र हमाल र सुवर्ण थापाले नियमित कक्षा लिनेछन् ।

नीर शाह, हरिहर शर्मा, विकासराज आचार्य, गौरी मल्ल, सौगात मल्ल, न्य्हु बज्रचार्य, पुरूषोत्तम प्रधान, दिवाकर भट्टराईलगायत गेस्ट प्रशिक्षकको रूपमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu