अमेरिकामा ‘ग्लोबल नेपाली चलचित्र, संगीत अवार्ड’ हुँदै



नेपाली चलचित्र, संगीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्धेश्यले पुष ७ गते शनिबार अमेरिकाको नर्थ क्यारोलिना राज्यको रानी शहर सार्लोटमा ‘ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ हुने भएको छ । ‘भिजिट नेपाल-२०२०’ को पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

‘३६४६ सेन्ट्रल एभ’ हलमा हुने अवार्ड सामारोह दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म हुने आयोजक संस्थाले बताएको छ । ‘नेपाली चलचित्र, संगीत, सञ्चार र संस्कृृतिको पहिचान र प्रबर्धनका लागि हाम्रो सामुहिक अभियान’ भन्ने नाराका साथ कार्यक्रम हुन लागेको आयोजक संस्था मध्येका लभ एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष मनोज राईले बताए ।

अध्यक्ष राई र उक्त संस्थाका निर्देशक शिव विष्टको संयोजकत्वमा १७ सदस्यीय अवार्ड वितरण मूल समारोह समिति पनि गठन गरिएको छ । ‘नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्नुको साथै नेपाली चलचित्रको अन्तर्राष्ट्रियस्तरमा बजार प्रबर्धन गर्ने, चलचित्र, संगीत, सञ्चार र संस्कृतिको क्षेत्रमा समर्पित व्यक्तिहरुबीच पुर्नमिलन गराउने उद्धेश्य बोकेका छौं’, अध्यक्ष राईले भने ।

हलिउडका चलचित्रकर्मी तथा निर्देशक र विश्वभरी छरिएर रहेका नेपाली कलाकर्मीलाई एउटै मञ्चमा ल्याउनुको साथै नेपालमा हलिउड चलचित्रको छायांकन गराएर नेपालको पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाको विश्वास छ । कार्यक्रममा नेपाली भाषी भुटानी चलचित्रकर्मीलाई पनि सम्मान एवं अवार्ड प्रदान गरिँदैछ ।

‘ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ का लागि नोभेम्बर १५ सम्म नोमिनेसन खुल्ला गरिएको थियो । अमेरिका, भुटान, हङकङ, भारत बर्मालगायतका देशबाट सम्बन्धित विधामा नोमिनेसनका लागि आवेदन परेको लभ एण्ड सपोर्ट फाउण्डेशनका निर्देशक शिव विष्टले बताए । ४ विधाका विधिन्न ५३ वटा अवार्डका लागि नोमिनेसन आवेदन खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu