लय संग्रौला र रेखा थापा हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत



तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली चलचित्रमा अभिनय तथा निर्माण र निर्देशनमा क्रियाशिल रेखा थापा हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत भएका छन् । दुवैले सम्मान पत्रसहित जनही २५ हजार नगद राशी प्राप्त गरे ।

यस्तै परिवर्तन नेपालले स्थापना गरेको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम केसी, विजय रत्नतुलाधर र सावित्री कोइरालालाई सोमवार राजधानीमा एक कार्यक्रमका बीच अर्पण गरियो । उनीहरुलाई सम्मान पत्रसहित जनही १० हजार नगद राशी प्रदान गरिएको थियो ।


यस्तै अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव वि.क र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई ‘परिवर्तन सम्मान-२०७५’ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ र चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu