अमेरिकामा ‘क्यालेन्डर युएसए-२०१९’



पछिल्लो समय संयुक्त राज्य अमेरिकामा रहेर नेपाली इभेन्टस तथा कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर लन्च गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ । अमेरिकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको क्यालेन्डरमा नेपाल र अमेरिकाको नेपाली सुन्दरीको तस्वीर छ ।

नेपालमा मोडलिङ गरिरहेका र अमेरिकामा रहेर मोडलिङ गरिरहेकाको फोटोशुट गरेर क्यालेन्डरमा तस्वीर सार्वजनिक गरिएको हो । ‘क्यालेन्डर युएसए-२०१९’ शिर्षक राखिएको यस क्यालेन्डरको सुन्दरीहरुको तस्वीर नेपालमा चर्चित फोटोग्राफर महेश प्रधान र युएसएमा व्यस्त तथा चर्चित फोटोग्राफर विक्रान्त मान श्रेष्ठले खिचेका हुन् ।

इभेन्ट , फेशन शो तथा फिल्म प्रदर्शन समेत गर्दै आएको आरएनआर ग्रुपले यसअघि पनि क्यालेन्डर प्रकाशित गरिसकेको ग्रुपमा सदस्य मध्यका एक रोशन पुरीले बताए । नेशनल ब्याडमिन्टन खेलाडी समेत रहेका रोशन टेलिभिजन शो तथा इभेन्टसँग जोडिएको पुरानो नाम हो ।

पछिल्लो समय अमेरिकामा हुने गरेको विभिन्न इभेन्टमा जोडिने गरेका रोशनले क्यालेन्डरले आफ्नो पन झल्काउने बताए । उनले यसलाई नेपालसँगै क्यानडाको विभिन्न सहरमा समेत पठाइने बताए । उनले नेपालीसँग स्थानीयले क्यालेन्डर लिने गरेको बताए । ‘पछिल्लो समय हामीले तयार गरेको क्यालेन्डरलाई स्टाइलिस भन्दै स्थानीयले पनि लाग्नु भएको थियो’, रोशन भन्छन ‘यसपटक क्वालिटीलाई मध्यनजर गर्दै नेपाल र अमेरिकामै बस्ने नेपाली मोडललाई फोकस गर्दै विशेष फोटोशुटनै गरेका छौ ।’

तयार भईसकेको क्यालेन्डरको प्रतिक्रिया राम्रो प्राप्त भएको उनले बताएका छन् । क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत, मिस वर्ल्ड अमेरिकाको टप १० मा पर्न सफल उकुषा गिरी, मोडल रोजी खुराना , मोडल सुनिक्षा मैनाली, मोडल स्वस्तिका प्रधान, मोदन न्यान्सी थापा, मोडल सिमरन चुडाल, मिस ग्लोबल क्विन २०१५ जस्मिन गुरुङ , मोडल दिपमाला ढकाल , मोडल श्रीया लोहनी, मोडल निकी आचार्य, मोडल सम्पदा बानिया र एक्ट्रेस सारा सिर्पाईली फिचर्ड छन् ।

यी सुन्दरीहरुको सुन्दर तस्वीरले क्यालेन्डर सजिएको छ । यी सम्पूर्ण सुन्दरी नेपाली नै हुन् , केहि नेपालमै मोडलिङ गरिरहेका छन् भने केहि युएसएमा । रोशन पुरी स् हामीले युएसएमा रहेर पनि नेपाली गतिविधिलाई अगाडी बढाई रहेका छौ । क्यालेन्डर हामी सम्पूर्णले प्रयोग गर्छौ, अनि किन अरुको गर्ने आफ्नै किन गर्ने ? भन्ने सोच बनाएर यसलाई तयार गरेका छौ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu