स्वर्गीय गायक मुनालको सम्झनामा सहयोग तथा सम्मान



वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक स्वर्गीय बाशुदेव मुनालको स्मृतिमा गठित बाशुदेव कोइराला मुनाल मेमोरियल फाउण्डेशनले पौष २७ गते उदयपुर जिल्लाको चौदन्डिगढि नगरपालिका १, चौदन्डिगढिमा सहयोग तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

चौदन्डिगढिको शारदा माध्यमिक बिधालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, गरिब तथा असहाय साथै जेष्ठ नागरिक गरि करिब सय जनालाई ब्ल्यान्केट, ज्याकेट तथा खाद्य सामाग्री वितरण गरिएको थियो ।

फाउण्डेशनका अध्यक्ष तथा मध्य पश्चिमाञ्चल बिश्व बिद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १ का सभासद् बिमल कार्कीको उपस्थिति थियो भने चौदन्डिगढि १ का वडा अध्यक्ष रोहित तामांग, शारदा मा.बि.का प्रधानध्यापक तारानाथ कटवाललगायत विभिन्न प्रतिष्ठित ब्यक्तिहरुको पनि उपस्थिति थियो ।

स्व. बासुदेव मुनालको जन्मस्थान साथै उनले अध्ययन गरेको विधालयबाट फाउण्डेशनले सहयोगको कार्यक्रम सुरुवात गरेको फाउण्डेशनका अध्यक्ष प्रा. डा. उपेन्द्र कोइरालाले बताए । देशको कला र संस्कृतिमा आफ्नो जीवनभर उल्लेखनिय योगदान दिएका मुनालको स्मृतिमा गठित उक्त फाउण्डेशनले आगामी दिनमा अन्य विभिन्न ठाउँमा यी र यस्तै सहयोग गर्ने पनि बताइएको छ ।

असार २६ गते उनको जन्मदिनको अवसर पारेर फाउण्डेशनले कुनै पनि क्षेत्रको बहुप्रतिभासाली अथवा कुनै पनि क्षेत्रमा बिशेष योगदान दिएका प्रतिभाशाली व्यक्तिलाई बिशेष सम्मान गर्ने निर्णय गरेको पनि फाउण्डेशनका अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu