ऋचाले भनिन्, ‘मलाई हार्ट अट्याक भएको होइन’



अभिनेत्री ऋचा शर्माले आफूलाई हार्ट अट्याक नभएको बताएकी छन् । हार्ट अट्याक भएको खबर बाहिरिएपनि आफूलाई सामान्य छाती मात्र दुखेको उनले जानकारी दिएकी छन् । बुधबार अचानक छाती दुखेपछि उनी नर्भिक अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र आफूलाई हार्ट अट्याक नभएको बिहीवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले बताइन् । उनले लेखेकी छन्, ‘अहिले म सामान्य छु । सामान्य छाती मात्र दुखेको हो । मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद । अरु जानकारी दिँदै गर्नेछु ।’

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको छ । प्राप्त जानकारी अनुसार, उनलाई ‘एन्जियोप्लास्ट’ गरिसकिएको छ । अहिले उनको सामाजिक सञ्जालमा शुभचिन्तक तथा चलचित्रकर्मीहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu