‘निफ’ मा १६ नेपाली चलचित्र प्रदर्शन हुने



‘दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल’ (निफ) काठमाडौंमा हुने भएको छ । गत वर्ष पोखरा पहिलो फेस्टिभलको आयोजना भएको थियो । बिहीवार पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फेस्टिभलको बारेमा जानकारी गराइएको छ । फेस्टिभल फागुन ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।

सो फेस्टिभलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने फेस्टिभलका संयोजक केपी पाठकले बताए । उनका अनुसार, फेस्टिभलको जुरी कमिटीमा स्वदेशीसँगै विदेशी फिल्मकर्मी पनि छन् । यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् ।


५९ फिल्ममध्ये नेपालका १६ चलचित्रहरु समावेश छन् । महोत्सवमा समावेश विदेशी चलचित्रहरुमध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर चलचित्रहरु छन् । यस्तै, नेपाली चलचित्रहरुमा ६ वटा फिचर र १० वटा शर्ट चलचित्र रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट चलचित्रहरुपनि महोत्सवमा समावेश गरिएको छ ।

सोही महोत्सवमा नयाँ फिल्ममेकर्सहरुका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्न लागेको कुराको घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा उपस्थित वरिष्ठ फिल्मकमी नीर शाहले फिल्म महोत्सवले कलालाई निखार्ने काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu