रहेनन् वरिष्ठ कलाकार गणेश मुनाल



वरिष्ठ कलाकार गणेश मुनालको सोमवार विहान निधन भएको छ । दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका उनको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । निधन हुनुको कारण भने खुलेको छैन ।

अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । काठमाडौं माहांकालका स्थायी बासिन्दा मुनालको केही बेरमा नै अन्तिम संस्कार गरिने कलाकार निर्मल शर्माले जानकारी दिएका छन् ।


‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, ‘मिस्टर डन’ लगायतका चलचित्रमा अभिनय गरेका उनी अभिनीत नयाँ चलचित्र ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । उनलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् । सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu