रवि लामिछाने र निकिता पौडेलले गरे ‘कोर्ट म्यारिज’



पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा विवाह गरेका छन् । सोमवार उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका हुन् । यो कुराको जानकारी रविले आफ्नो फेसबुकमार्फत् दिएका छन् ।


केही दिन अगाडि रविकी पूर्वपत्नी इशा लामिछानेले रविको निकितासँग इन्गेजमेन्ट भइसकेको र चाँडै विवाह गर्ने तयारीमा रहेको खुलासा गरेकी थिइन् । तर, यो कुरा रवि र निकिताले नकार्दै आएका थिए । उनीहरुले साथीको सम्बन्ध मात्र रहेको बताएका थिए । अन्ततः उनीहरु सधैंका लागि एकअर्काको भएका छन् ।

निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । पहिलो बैबाहिक सम्बन्ध टुंग्याएर उनी वर्षौदेखि एक्लै बस्दै आइरहेकी थिइन् । रवि र निकिता मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा तलमाथिको फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । सो अपार्टमेन्टमा रेखा थापा पनि बस्छिन् ।


रविले फेसबुकमा लामो स्टाटस लेख्द्रै विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको बताएका छन् । दुईले परम्परागत रुपमा बैशाखमा विवाह गर्दैछन् ।

रविनले अगाडि लेखेका छन्, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौं भने हामीलाई माफ गर्नुहोला । हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौं । हामी सबैबाट सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu