‘धुर्मुस-सुन्तली’ ले घोषणा गरे ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’



हास्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ ।


त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो । फाउण्डेशनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ ।

सिताराम कट्टेलका अनुसार, महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ । रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए ।

गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरिने भरतपुर महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् ।


अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै रंगशाला निर्माणका लागि साढे तीन करोड बढी सहयोग जुटेको छ । देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउण्डेशनका अध्यक्ष ‘धुर्मुस’ ले बताएका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च पदस्थ सरकारी अधिकारी, कलकार तथा खेलप्रेमीहरूको उपस्थिति थियो ।

भिडियोमो हेर्नुहोस् यस्तो बन्नेछ रंगशाला :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu