कलाकार बीएस राणाको निधन



नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पतालमा भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बतायो ।

बीएस राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । १९९९ साउनमा नरेन्द्रशमसेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।


वि.सं. २०४१ सालमा चलचित्र ‘अन्याय’ बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले ‘कोसेली’, ‘चिनो’, ‘दक्षिणा’, ‘दुई थोपा आँशु’, ‘नेपाली बाबु’, ‘करोडपति’, ‘अपराध’, ‘माया त माया हो’, ‘वसन्ती’, ‘देश’, ‘कसले चोर्‍यो मेरो मन’, ‘सेतो बाघ’ लगायतका चलचित्रमा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए ।

उनले ‘सिद्धार्थ’ र ‘वसन्ती’ चर्चित नाटकको निर्देशन समेत गरेका छन् । ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ जीवन व्यतित गर्दै आइरहेका थिए । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu