कोमल र दीपाश्रीले काटे ‘सिने इक्यूमेन्ट हाउस’ को रिवन



चलचित्र, म्यूजिक भिडियो, डकुमेन्ट्री आदी छायांकनका लागि चाहिने क्यामेरादेखि लाइट्ससम्म सम्पूर्ण एकै ठाउँमा पाउने गरि काठमाडौंको अनामनगरमा रहेको मदन भण्डारी कलेजको अपोजिटमा ‘सिने इक्यूमेन्ट हाउस’ सञ्चालनमा आएको छ । मंगलवार यस इक्यूमेन्ट हाउसको उद्घाटन गरिएको छ ।

गायिका तथा राष्ट्रियसभाकी सांसद कोमल वली, निर्देशक दीपाश्री निरौला र बरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकीले संयूक्त रुपमा रिवन काटेर ‘सिने इक्यूमेन्ट हाउस’ को उद्घाटन गरे । यसलाई चलचित्र निर्देशक बसन्त निरौला र चर्चित पब्लिसिटी डिजाइनर विजय बस्यालले सञ्चालनमा ल्याएका हुन् ।


विजयको २७ औं जन्मदिनको अवसर पारेर यस हाउसको उद्घाटन गरिएको थियो । उद्घाटनपछि कार्यक्रममा बोल्दै गायिका वलीले बसन्त र विजयको सहकार्य सुमधुर, मजबुत र दिगो रहने आश व्यक्त गरिन् । निर्देशक द्वय निरौला र बुढाथोकीले पनि ‘सिने इक्यूमेन्ट हाउस’ को सफलताको कामना गरे ।


यो हाउस ठूलो सोचका साथ सञ्चालनमा ल्याएको बताउँदै सञ्चालक मध्येका एक बसन्तले समय सँग-सँगै लेटेस्ट प्रविधि पनि भित्राउने बाचा गरे । करीब ८० लाखको लगानीमा बसन्त र विजयले इक्यूमेन्ट हाउस सञ्चालनमा ल्याएका हुन् । विजय टौवा क्रियशनका सञ्चालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu