प्रधानमन्त्री बालेन शाहले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग गरे भेटवार्ता, भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि भेट, भारत भ्रमण र अध्यादेशबारे छलफल



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रबार शीतल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग भेट गरेका हुन्।

कक्षमा बसेर भेटवार्ता गर्दै दुई जना
भेटवार्ताको क्रममा

भारतको दुईदिने भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्। भ्रमणमा जाने बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट नगरेको भन्दै टिप्पणी हुँदै आएको थियो।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार नै राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्री शाह पनि शीतल निवास पुगेका थिए।

राष्ट्रपति कार्यालयका स्रोतका अनुसार भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu