बलिउडका सलमानजस्तै नेपालको अनुभव बन्छु: अनुभव रेग्मी



निर्देशक विकास आचार्यले चलचित्र ‘रिदम’बाट पाँच बर्षको उमेरमा नै अनुभव रेग्मीलाई चलचित्र अभिनयमा स्थापित गराए । हाल उनि सात बर्षका छन् । कक्षा दूईमा पढ्ने अनुभवले हालसम्म रिलिज भएका दुई र एक रिलिजको क्रममा रहेको गरी तीन चलचित्रमा अभिनय गरिसकेका छन् । ‘रिदम’पछि ‘नाई नभन्नु ल २’ र ‘नाई नभन्नु ल ३’ चलचित्रमा अभिनय गरे । अघिल्ला दुवै चलचित्र सफल रहे । ती चलचित्र सफल हुनुमा अनुभवकै मुख्य भूमिका रहेको दर्शकले मुल्यांकन गरे ।

anubhav-regmi-nai-navannu-la-3-thuloparda-dot-com

हाल ‘नाई नभन्नु ल ३’ रिलिजको क्रममा छ । नयाँ बर्षको मौका छोपेर चैत्र २७ गते देशव्यापी रिलिज हुन लागेको यो चलचित्रमा पनि अनुभवको नै मुख्य भूमिका छ । उनका साथमा आर्यन सिग्देल, सञ्चिता लुईँटेल, सुरजसिंह ठकुरी, संयम पुरी, आश्मा डिसी, प्रियांका कार्की लगाएतका स्थापित कलाकारहरुको अभिनय रहेको छ, तर चर्चा अनुभवकै हुने गरेको छ । चलचित्रमा मुख्य भूमिका हुनु र अनुभवको क्रेज हुनुले नै उनको बढि चर्चा हुने गरेको छ ।

अनुभवसँग ठुलोपर्दा डटकमले ‘नाई नभन्नु ल ३’लाई मुख्य बिषय बनाउँदै कुराकानी गरेको थियो । कुराकानीको क्रममा अध्ययन, अभिनय र समाजसेवा मार्फत आफु बलिउडका सुपरस्टार सलमान खान जस्तै नेपालको सुपरस्टार बन्ने उनको धोको रहेको बताए । उनि सलमानका ठुलै फ्यान हुन् ।

हेरौँ सलमानको अभिनयले प्रभावित अनुभवसँग गरिएको कुराकानीको संपादित अंश:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu