राजबल्लभको फिल्मलाई न्युयोर्कमा जुरी अवार्ड



rajballav-koirala-awardनेपाली कलाकार राजबल्लभ कोइरालाले अभिनय गरेको हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ले न्युयोर्कमा उत्कृष्ट फिल्मको उपाधि हात पारेको छ । नेपालमा जेठ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारी भइरहेको चलचित्र ‘हाइवे टु धम्पुस’ले उत्कृष्ट फिल्मको उपाधि हात पारेपछि आफ्नो आधिकारी फेसबुकमार्फत उनले खुसी व्यक्त गरेका छन् ।

चलचित्रले ‘वर्ल्ड सोकेस’ क्याटोगोरीबाट जुरी अवार्ड हात पारेको हो । गत मंगलबार फिल्म सो फेस्टिभलमा देखाईएको थियो । सोहि अवसरमा चलचित्रको च्यारिटी शोको पनि आयोजना गरिएको थियो । च्यारिटी शोबाट उठेको रकम नेपालमा भूकम्पपीडितलाई प्रदान गरिने बताइएको छ । शोमा करिब तीन लाख नेपाली संकलन भएको थियो ।

नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा छायांकन गरिएको यस चलचित्रमा नेपाली नायक राजबल्लभ कोइरालासँगै सुएसा राणा, सुनिल श्रेष्ठ, देशभक्त खनाल, सायुस गुरुङ बज्राचार्य लगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । साथै सो चलचित्रमा रिचेल हर्डवुड, गार्नर राइट, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ ।

‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा नायक राजबल्लभ कोइराला पाइलटको भूमिकामा देखिएका छन् । चलचित्रलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu