शम्भुजित बाँस्कोटा ‘धर्मराज–सावित्री थापा गुठी’ पुरस्कारबाट सम्मानित



Shambhujeetठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समयदेखि नेपाली गीत-संगीतका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सङ्गीतकार शम्भुजित बाँस्कोटालाई ‘धर्मराज–सावित्री थापा गुठी’ पुरस्कारबाट सम्मानित गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले शम्भुजित बाँस्कोटालाई उक्त सम्मानबाट सम्मान गरेका हुन् ।

बाँस्कोटालाई २५ हजार नगदसहित पुरस्कृत गरिएको हो । सम्मानपछि कार्यक्रममा बोल्दै बाँस्कोटाले आफुलाई यो सम्मानबाट संगीतक्षेत्रमा लाग्न प्रेरणा मिलेको बताएका थिए । गुठीले लोक–साहित्य, लोकगीत, गायन, सङ्गीत, नृत्य, वाद्यवादन आदि सिर्जन कलालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष योगदान पुर्याउनेलाई सम्मान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu