भूकम्प पिडितको सहयोगार्थ न्यू-योर्कमा ‘हिम-नन्दिता नाईट’ हुने



hem-nandita-night-1जिवन पराजुली, ठुलोपर्दा डटकम।
बैशाख १२ गतेको भूकम्प र त्यस यताका पराकम्पनले नेपाली जनजीवनलाई अस्तव्यस्त बनायो । कमजोर अर्थतन्त्र भएको देश नेपालमा भूकम्पिय जोखिम हुनुले यसअघिनै पनि नेपालीलाई त्रासमा बाँच्न बाध्य बनाएको थियो । त्रासकै बीच बैशाख १२ को भूकम्पले हजारौँ नेपालीको ज्यान गयो भने लाखौँ नेपाली घरबार बिहिन भए । यो समाचार संसारभर फैलिनासाथ वैदेशिक घोषणा भए तर घोषणा हुँदैमा तत्काल आर्थीक सहयोग नआउने भएकोले नेपाल भित्रबाटै तथा विदेशमा हुने नेपालीबाट विभिन्न आर्थीक संकलनका कार्यक्रमहरु भए । ती आर्थीक संकलन तथा उद्दार कार्यमा कलाकारिता क्षेत्र अगाडी रह्यो ।

यसै क्रममा आफू भूकम्प पीडित हुँदा-हुँदै पनि नेपाली कलाकारहरुले जनताको लागि काम गरे । कहिले देशमा दौडिए त कहिले विदेशमा । जे होस् चर्‍हाईरहेको नेपालीको घाउमा जति सक्दो मल्हम लगाए । यतिबेला गायक हिमाल सागर र नायिका नन्दिता के.सि. अमेरिकामा छन् । भूकम्प पीडितका लागि आर्थीक संकलन अभियानमा लागेका उनिहरु सोहि अन्तर्गत नै अमेरिका पुगेका हुन् । न्यू-योर्कमा हुने कार्यक्रममा नन्दिताले आफ्ना जादुमय नृत्यहरु प्रस्तुत गर्नेछिन् भने हिमालले ‘तीन ढिक्के फुली …’, ‘मेरो माया मारेपछि …’, ‘मेरो दिन चोरी …’, ‘आमा तिमी मेरी आमा …’, ‘त्यो दिन त्यो रात …’ लगाएतका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

‘हिम-नन्दिता नाईट’ नाम दिईएको कार्यक्रमलाई लुम्बिनी इन्टरनेशनल इन्कर्पोरेशनले आयोजना गरेको छ । United Sherpa Kyidug, 41-01 75th St. Queens, NY 11373 मा जुलाई २४ तारिक शुक्रवारका दिन स्थानिय समयअनुसार साँझ ८ बजेबाट कार्यक्रम सुरु हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu