नेपालको भूकम्पबारे लण्डनमा बोलिन् मनिषा



Manisha-Koirala

लण्डनमा जारी बलिउडको प्रतिष्ठित लण्डन इण्डियन फिल्म फेस्टिभलका क्रममा नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालमा गएको महाविनाशकारी भूकम्पबारेको आफ्नो अनुभूति सुनाएकी छिन् । नेपालको पुनर्निर्माण दूत समेत रहेकी मनिषाले पत्रकार र दर्शकहरुमाझ महाभूकम्पपछिको नेपालको अवस्थाका बारेमा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

‘जब मैले भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबारे सुनें, म त्यतिखेरै नेपाल फर्कने योजनामा लागें । धेरैले मलाई यस्तो अवस्थामा नजान सुझाव पनि दिएका थिए, तर मैले कसैको कुरा सुनिन’, मनिषाले भनिन् ‘तर नेपालको एयरपोर्ट जाम भएको कारण केही दिनपछि मात्र नेपाल ओर्लने मौका मिल्यो । जब प्रभावित क्षेत्रहरुमा पुगें, गरीबहरु नै बढी प्रभावित भएको देखेर मन दुख्यो ।’ मनिषाले भावुक हुँदै भनिन् -‘त्यस्तो अवस्थामा पनि नेपालीहरुले एक अर्कालाई गरिरहेको सपोर्ट र हौसला देखेर म साँच्चिकै प्रभावित भएकी थिएँ । दुखमा पनि नआत्तिने नेपालीको स्वभावप्रति गौरव गरेँ ।’

आजसम्म चल्ने उक्त फेस्टिभलमा मनिषा अभिनित पूरानो सफल चलचित्र बम्बेको पनि विशेष प्रदर्शन गरिएको थियो । बम्बे निर्माण भएको २० वर्ष पुगेको अवसरमा गरिएको विशेष प्रदर्शनीमा फिल्मका निर्देशक मणिरत्नम्को पनि उपस्थिति रहेको थियो । २० वर्ष पछि आफू अभिनित फिल्म दर्शकहरुबीच बसेर हेर्न पाउँदा मनिषा निकै दंग देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu