प्रत्यक्ष निर्वाचित कार्यकारी युवा हुनुपर्छ: हरिवंश



Haribansa-Acharya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाँस्य कलाकार हरिवंश आचार्यले पनि नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्नेमा जोड दिएका छन् ।

पनौती युवा संघको दोस्रो साधारणसभामा प्रमुख अतिथि बनेका उनले भने ‘अब देशमा प्रत्यक्ष कार्यकारी हुनुपर्छ किनकी अब जनताले देशको कार्यकारी छान्न पाउनु पर्छ ।’ उनले अगाडी भने ‘हामीले धेरै नेता हेरौ तर कसैको काम चित्त बुझ्दो देखिएन त्यसैले अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी भए पटकपटक सरकार परिवर्तन हुने खेलबाट देश मुक्त पनि हुन्छ ।’ देशमा स्थीरता कायम गर्न पनि अब प्रत्यक्ष कार्यकारी आबश्यक रहेको हरिवंशले औलाएका थिए ।

उनले प्रत्यक्ष निर्वाचित प्रणालीबाट आउने कार्यकारी युवा हुनुपर्नेमा पनि जोड दिएका छन् । हरिवंशले भने, ‘अब बन्ने संविधान युवाको भावअनुरूप नभएपछि पछुताउनुबाहेक विकल्प रहँदैन ।’ संविधान निर्माणको बेला यूवाहरुले खबरदारी नगरे देश द्धन्द्धमा जाने पनि हरिवंशले औलाएका थिए । उनले थपे, ‘सधैं राजनेता बन्नका लागि कपाल फुल्नुपर्ने मान्यताबाट हामी माथि उठ्नुपर्छ । त्यसैले अब प्रत्यक्ष निर्वाचित कार्यकारी युवा हुनुपर्छ ।’

कार्यक्रममा युवा मञ्चले २०७१ को एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट प्रथम हुने भालेश्वर उच्च माविका छात्रा मेनुका बन्जरा र छात्र सुमन बन्जरालाई पाँच हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu