फ्राईडे रिलिज: ‘सपना तिम्रो मेरो’सँग टम क्रुजको ‘मिसन इम्पोसिबल-५’



friday

शुक्रबार  रिलिजमा यो साता नेपाली चलचित्र ‘सपना तिम्रो मेरो’सँग हलिउडस्टार टम क्रुज अभिनित बहुप्रतिक्षित चलचित्र ‘मिसन इम्पोसिबल-५’ प्रदर्शनमा आएको छ ।

ऋषिराज आचार्यले निर्माण तथा निर्देशन गरेको चलचित्र सपना तिम्रो मेरोमा सविन श्रेष्ठ, सुशान्त कार्की र जान्वी बोहराले मुख्य भुमिका निभाएका छन् । चलचित्रमा त्रिकोणात्मक प्रेम कथामा रुमलिएको छ । त्यस्तै फ्राईडे रिलिजमा हलिउडका एक्सन अभिनेता टम क्रुज अभिनित पाँचौं श्रृंखला ‘मिसन इम्पोसिबल–५’ वा ‘मिसन इम्पोसिबल : रग नेशन’ पनि प्रदर्शनमा आएको छ ।

‘मिसन इम्पोसिबल–५’ मा अभिनेता क्रुजले उडिरहेको हवाईजहाजको पखेटामा चढेको डरलाग्दो दृश्य देख्न सकिन्छ । उक्त दृश्यका लागि कुनै डुप्लिकेटको सहायताबिना अभिनेता क्रुज आफैंले ज्यानको बाजी थापेर स्टन्ट गरेको बताइन्छ । यो श्रृंखलामा क्रुजले तीबाहेक अरू पनि डरलाग्दा स्टन्ट गरेका छन् । चलचित्रलाई क्रिस्टोफर मेक्कोएरले निर्देशन गरेका हुन् भने क्रुजसगैं यस चलचित्रमा रेबिका फरगुसन तथा जेर्मी रेनर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu