फ्राईडे रिलिज: नेपाली ‘चाँडै आऊ है’ सँग अक्षयको ‘ब्रदर्स’



chadai-aau-hai-brothers

यो पटकको फ्राईडे रिलिजमा स्व.चलचित्र निर्देशक दीपक रायमाझीद्वारा निर्देशित अन्तिम चलचित्र ‘चाँडै आऊ है’ सँग बलीउडस्टार अक्षय कुमार अभिनित ‘ब्रदर्स’ प्रदर्शनमा आएको छ ।

डेबिड श्रेष्ठको प्रस्तुतीमा महेश स्थापितको लगानी रहेको ‘चाँडै आऊ है’लाई जय धनेश्वर इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको हो । चलचित्रमा सुमन सिंह, नीता ढुङ्गाना, झरना रायमाझी लगायतको अभिनय रहेको छ । चलचित्रको छायांकनकै क्रममा निर्देशक रायमाझीको आकस्मिक निधन भएको थियो ।

बलीउड चलचित्र ‘ब्रदर्स’मा अक्षय कुमार, सिद्धार्थ मल्होत्रा, ज्याकलीन फर्नाडीज, जेकी श्राफ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र ‘ब्रदर्स’ २०११ मा प्रदर्शनमा आएको हलीउड चलचित्र ‘वारियर’ को अफिसियल रीमेक हो । चलचित्रमा करीना कपूर खान आइटम गीतमा देखा पर्दैछिन् । चलचित्रलाई करण जोहर लगायतको टिमले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu