एनएफडिसी अवार्डमा सहभागि हुन सञ्जिवनी नेपाल आउने



sanjeevani

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाल चलचित्र विकास संस्था (एनएफडिसी) को तेस्रो संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ मा सहभागी हुन चर्चित गायिका सञ्जिवनी नेपाल आउने भएकी छिन् । एनएफडिसीको निमन्त्रणालाई स्वीकार गर्दै उनी नेपाल आउन लागेको आयोजक संस्थाले जानकारी दिएको छ ।

नेपालीसँगै बलीउड चलचित्रमा पार्श्र्वगायन गरिसकेकी सञ्जिवनिले एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागीता जनाउन लागेकी हुन् । सन् १९९५ मा जी टिभीको ‘भ्वाइस् ट्यालेण्ट हण्ट शो सारेगम’मा सहभागी भएकी सञ्जिवनिले त्यही शो मार्फत नै बलिउडमा डेव्यु गर्ने अवसर पाएकी थिइन् । उक्त शो मा विजेता बनेकी सञ्जिवनिले सोही समय विधुबिनोद चोपडाको चलचित्र ‘करीब’मा पाश्र्वगायनको अवसर पाइन् ।

१९९८ मा प्रदर्शन भएको यो चलचित्रको ‘चोरी चोरी जव नजर मिले’ बोलको गीत नै सञ्जिवनीको पहिलो पाश्र्वगायन हो । उनले नेपाली चलचित्र ‘मन मन्दीर’ को ‘लौ हौ माया सुटुक्कै आउनु है’, ‘नेपाली बाबु’ को ‘यो साइनो मायाको टुट्दैन कहिल्यै’, ‘पर्खिबसे’ को ‘फुलमा बागमा’, ‘मेरो जीवन साथी’ को ‘सरसर बेग मारी’, ‘राजनीति’ को ‘ए हावा सुन तलाई’ लगायत थुप्रै आधुनिक गीतमा समेत स्वर दिएकी छिन् ।

एनएफडिसीले भाद्र २६ गते आयोजना गरेको तेस्रो एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा अन्य विदेशी कलाकारहरुको समेत सहभागीता रहने जनाएको छ । पुरस्कार २० विधामा वितरण गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu