‘लभ सब’ले मलाई न्याय गरेको छ: शिव (भिडियो)



Shiva-Bajagain

भदौ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ सब’ को यति बेला चौतर्फी चर्चा छ । चलचित्र यूनिट विभिन्न तवरले प्रचार-प्रसारमा लागेका छन् । चलचित्रका कलाकार मात्र नभएर सम्पूर्ण पक्ष बजारमा छ । यसैबीच २०७० सालको तेश्रो हेटौँडा आईडियलमा तेश्रो स्थान हासिल गर्न सफल शिव बजगाईँ पनि लभ सबको प्रचारमा छन् । शिवले लभ सबमा एक गीत गाएका छन् । लभ सब नै उनको डेब्यू हो । कार्यक्रमका बेला करिव अढाई बर्ष अगाडी निर्माताले कार्यक्रममा नै गीत गाउने अवसर दिने घोषणा गरेका थिए ।

शिवले ‘सुन सुन’ बोलको गीत गाएका छन्, जुन यतिबेला चर्चामा छन् । सुरेन्द्र लामाका शब्दमा सुजिल कर्माचार्यको संगीत रहेको यस गीतमा संयम पुरी र करिश्मा श्रेष्ठको प्रेम देखाईएको छ । हजार बढिको प्रतिष्पर्धाबाट तेश्रो भई ‘लभ सब’बाट डेब्यू गरेका गायक शिव बजगाईँसँग ठुलोपर्दा डटकमले गरेको कुराकानी हेर्नुहोस्:

शिवले गाएको गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu