वडा नम्बर छ को गरिब युवा हुँ: सिताराम कट्टेल (धुर्मुस) | भिडियो



Sitaram-Kattel-wada-number-chha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
काभ्रेपलाञ्चोकको पहरी गाउँमा १ महिना लगाएर हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले एकीकृत नमुना बस्ती बसालेपछि उनीहरुलाई देशको रियल हिरो भन्न थालिएको छ । आफ्नो व्यक्तिगत घर नै बेचेर काभ्रेपलाञ्चोकमा एकै थरिका घरभित्र शौचालय भएको बगैँचासहितको तीनकोठे २० पक्की घर बनाएपछि यो जोडीको कामलाई सबैले तारिफ गरेका छन् ।

Subscribe us on YouTube:-

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका सीइओ डा.गोविन्द पोखरेलले समेत धुर्मुस-सुन्तलीले बनाएको नमुना घरको मोडल ठीक रहेको भन्दै स्याबासी दिएका थिए । यसरी समाजमा उदारणीय काम गर्दै गएका सिताराम कट्टेल (धुर्मुस)ले ठुलो पर्दा डटकमसँगको कुराकानीमा भने, ‘जब समाजसेवा गर्ने जोश नशामा प्रवेश गर्छ तब भावनाहरु त्यो निकै कठोर हुने गर्छ । जसरी हामीले काभ्रेपलाञ्चोकमा एउटा कल्पना गर्‍यौँ एकिकृत नमुना बस्ती बसाल्ने भनेर त्यो गर्न हामीलाई धेरै बाधा थिए तर हामीले सोचे अनुरुपमै त्यहाँ नमुना बस्ती बसाल्न सफल भयौ’ उनले अगाडी भने, ‘हामीले सोहि नमुना बस्ती बसाल्नका लागी भनेर नै घर बेच्ने निर्णय गरेका थियौँ तर धेरैले धुर्मुस-सुन्तली बौलाए, चर्चामा आँउन खोजे भनेर पनि भने तर हामीले ति कुनै पनि कुरा सुनेनौ । ति भन्नेहरु एक पटक यो गाँउमा गएको भए किन भनेछौ यस्तो भनेर हिनताबोध गर्थे होलान् किनकी भूकम्पपछि त्यहाँको अवस्था हेर्दा जो कोहिँको पनि आँखा रसाउँथ्यो ।’

उनले एकीकृत नमुना बस्तीको कुरा गरिरहँदा आफुले अभिनय गरेको र असोज १ गतेबाट देशव्यापी प्रदर्शनमा आउँन लागेको नेपाली कमेडी चचित्र वडा नम्बर ६ को विषयमा पनि केहि खोल्न भ्याए । ‘वडा नम्बर ६ मा कस्तो भुमिकामा देखिदै हुनुहुन्छ’ ? भन्ने हाम्रो प्रश्नको उत्तर दिदै उनले भने, ‘म एक सोझा गाउँले यूवकको भूमिकामा देखिएको छु । मैले निभाएको पात्र ज्ञानी छ, अबुझ छ, उसमा शिक्षाको कमी छ, अरुले भनेपनि मान्छ, ऊ गरिब छ यस्तै भुमिकामा म देखिएको छु’ उनले अगाडी थप्दै भने, ‘चलचित्र वडा नम्बर ६ विल्कुलै सन्देशमुलक हाँस्यव्यग्य चलचित्र हो । चलचित्र हेसिकेपछि दर्शकहरुले कहि लिएर जाने खाल्को बनेको छ ।’

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिदैछन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu