ओलीलाई कलाकर्मीहरुको बधाई



kp
ठुलोपर्दा डटकम, काठमाण्डौ।
एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई यति बेला व्यापक बधाईको ओइरो लागेको छ । उनलाई विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुदेखी विभिन्न व्यक्तिहरुले बधाई दिइरहेको अबस्थामा नेपाली कलाकर्मीहरुले पनि केपी ओलीलाई बधाई दिएका छन् ।

Click Here to Watch Entertaining Videos
आफ्नो आधिकारीक फेसबुकमार्फत केपी ओलीलाई कलाकर्मीहरुले बधाई दिइरहेका छन् । फेसबुकमा उनलाई बधाईसँगै अहिलेको नाकाबन्दी देखी अन्य चुनौतीहरुलाई समाधान गरेर लैजानु पर्ने सुझाव दिएका छन् । ओलीलाई नायिका केकी अधिकारी, प्रियंका कार्की, गायिका कोमल ओली, गायक बद्रि पंगेनी, कलाकार एवं निर्माता केशव भट्टराई, हाँस्य कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे, दिपकराज गिरी लगायतका कलाकर्मीहरुले पनि बधाई तथा शुभकामना दिएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् । ओलीले एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्तसहितका दलले पनि ओलीलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu