‘लुटेरा’ले धन पायो, सलमानले पनि लुटे धन



nikhil-uprety-bhairab
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘लुटेरा’ले उतस्साहजनक व्यापार गरेको बताईएको छ । लक्ष्मी पूजा देखि प्रदर्शनमा आएको यो चलचित्र झण्डै सत्तरी वटा हलहरुमा प्रदर्शनरत छ । निर्माता तथा वितरक गोपाल कायस्थले आफ्नो चलचित्रले चार दिनमा एक करोड २३ लाख ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् ।

चार वर्षपछि अभिनेता निखिल उप्रेती यसै वर्षबाट नेपाली चलचित्रमा फर्किएका हुन् । उनले यसअघि अभिनय गरेको चलचित्र भैरवले राम्रो व्यापार गरेको थियो ।

यो चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिक श्रेष्ठलगायतको मुख्य भूमिका छ । फिल्मको निर्देशन दयाराम दाहालले गरेका हुन् । पछिल्लो समय उनी पनि ओझेलमा थिए ।

लुटेरा प्रदर्शनमा आएको दोस्रो दिनदेखी प्रदर्शनमा आएको बलीउड चलचित्र ‘प्रेम रतन धन पायो’ ले पनि नेपालमा उत्कृष्ट व्यापार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu