एक्शन र लभस्टोरीको ‘कैफियत’: शंकर शाहि ठकुरी (भिडियो)



shanker
माघ २२ बाट देशव्यापी प्रदर्शनका आउन लागेको चलचित्र ‘कैफियत’लाई सबैवर्गका दर्शकहरुले रुचाउने चलचित्रका नायक शंकर शाहि ठकुरीले बताएका छन् । ठुलोपर्दा डटकमसँगको अन्तरर्वार्ताको क्रममा उनले चलचित्र भित्र एक्शन, लभस्टोरी सबै पक्षलाई उत्कृष्ट तरिकाले उठाएका कारण कैफियत सम्पुर्ण दर्शकहरुको रोजाईको चलचित्र बन्ने बताएका छन् ।

आफु चलचित्रको परिक्षा हेर्न आतुर रहेको बताउँदै ठकुरीले चलचित्रलाई दर्शकहरुले मनपराउने पनि दाबी गरे । उनले चलचित्र भित्र आफु भुमिका बारे बोल्दै भने -‘म चलचित्र भित्र सोझो टाइपको विजनेस म्यानको भुमिकामा देखिएको छु । म निकै सोझो हुन्छु, सबकैको उपकार गर्न खोज्छु । भागवानमा विश्वास राख्ने भुमिकामा म देखिएको छु ।’ उनले आफु चलचित्रक्षेत्रमा करियर बनाउन नै आएको बताए ।

उनले चलचित्र कैफियतले एक्शनका फ्यान, लभस्टोरी चलचित्रका फ्यानहरुलाई हलसम्म तान्न सफल हुने पनि दाबी गरेका छन् । दशरथ गिरीले निर्देशन गरेको यो चलचित्रमा समावेश मन्ध मन्ध बोलको गीतले यति बेला बजारमा राम्रै हंगामा गरिरहेको छ । ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’ मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानी गरेका छन् ।

चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रमा शंकर शाहि ठकुरी, मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu