सामाजिक काममा दीपक र दीपा, भूकम्पपीडितलाई न्यानो लुगा हस्तान्तरण



dipakdipahelp
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जाडोले कष्टकर जीवन बिताईरहेका भूकम्पपीडितहरुलाई चर्चित हाँस्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले न्यानो लुगा हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाहरुको समूह एमआरआर (मेन्स रुम रिलोडेड) मार्फत पीडित समक्ष पुर्‍याउनका लागि उनीहरुले दर्जनौं थान लुगा बिहीबार समूहका विक्रम केसीलाई हस्तान्तरण गरेका छन् ।

‘सामाजिक कार्यमा दीपक दीपाको हातेमालो कार्यक्रम’ अन्तर्गत दीपक दीपाले लुगासँगै दुई लाख रुपैंयाँ नगद पनि समूहलाई प्रदान गरे । ‘बारपाक, लाप्राकलगायतका अन्य क्षेत्रका भूकम्प पीडितहरु हिउँमा बसिरहेको देख्दा हाम्रो मन पनि चिसो भयो, मैले आफै फेसबुकमा न्यानो कपडा सहयोग गर्न आव्हान गरेपछि सोचे भन्दा बढी न्यानो लुगा संकलन गर्न सक्यौं,’दीपकले भने, ‘हामीले दुईवटा हिट चलचित्र बनाएपछि त्यसबाट प्राप्त मुनाफाको १० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गर्ने योजना अनुरुप हामीले दुई लाख रुपैंया पनि सहयोग गरेका हौं ।’

यस अभियानको अगुवा दीपाश्रीले सामाजिक काम सबैभन्दा आनन्ददायी काम भएकाले आफुहरु सहयोगमा जुटेको खुलाईन । कार्यक्रममा दीपक दीपाले केही समय अगाडि सिंगापुरमा कार्यक्रम गर्नका लागि लिएको एक लाख रुपैयाँ एड्भान्स रकम कीर्तिपुरको एक बाल आश्रममा रहेका एचआईभी पीडित बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu