“कैफियत” सबै पक्षबाट उत्कृष्ट छ: निर्देशक



dr-giri
माघ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “कैफियत” को चर्चा यति बेला व्यापक छ । गीत संगीतका कारण पनि पछिल्लोपटक सर्वाधिक चर्चा कमाइरहेको चलचित्र कैफियतले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने चलचित्रका निर्देशक दशरथ गिरी बताउाछन् । ठुलोपर्दा डटकमसँगको विशेष अन्तरवार्ताको क्रममा उनले चलचित्र सबैपक्षबाट उत्कृष्ट बनेको बताए । निर्देशक गिरीसँग गरिएको संक्षिप्त कुराकानीको संपादित अंश:

१. जसरी बजारमा कैफियतको बिषयमा चर्चा चुलिएको छ, त्यो अनुसार चलचित्र भित्र खुराक छ कि छैन ?
जसरी केहि समय देखी बजारमा चलचित्रको विषयमा चर्चा छ त्यो भन्दा कयौ गुण राम्रो छ चलचित्र ।

२. चलचित्र भित्र एक्शन र लभस्टोरीलाई विशेष उठाएका भन्ने कुरा छ तर पछिल्लो समय एक्शन चलचित्र भनेर दर्शकहरु हलसम्म जान्छन् पछि चलचित्रमा थप्पडको मात्र दृश्यहरुका कारण दर्शकहरु निराश भएको अवस्था छ, कैफियत पनि त्यस्तै त छैन ?
चलचित्र कैफियत भित्र एक्शन मात्रै छैन । चलचित्रमा एक्शन, लभस्टोरी, ड्रामा उत्कृष्ट छ । हामी ढुक्क भएर भन्न सक्छौं दर्शकहरुले चलचित्रलाई अत्याधिक रुचाउनु हुन्छ ।

३. चलचित्र भित्र एक्शन र लभस्टोरी मज्जाको छ भनिएको छ, विषेशत चलचित्रले कुन पाटोलाई उठाउन खोजेको छ ?
मलाई के लाग्छ भने चलचित्र भनेको इन्टरटेन्मेन्ट हुनुपर्छ । दर्शकहरुले चलचित्र हेरिरहँदा भरपुर मनोरञ्जन लिन पाउनुपर्छ र त्यो कैफियत भित्र छ । कैफियतले यो पाटो र त्यो पाटोलाई विशेषत उठाएको भन्ने छैन सम्पुर्ण कुरालाई चलचित्रले त्यतिकै प्राथमिकताका साथ राखेको छ ।

४. सार्वजनिक ट्रेलर हेर्दा चलचित्रका एक्शन दृश्य साउथ इण्डियन तरिकाको देखाइएको छ, ट्रेलरमा मात्र देखाइएको होकी भित्र पनि छ ?
होइन होइन, दर्शकहरुले जति ट्रेलरमा दर्शकहरुले एक्शन हेर्नुभएको छ त्यो भन्दा धेरै छ चलचित्रमा । मैले हावा तरिकाले ट्रेलर बनाएको पनि हैन, चलचित्र भित्रैका दृश्यहरुबाट ट्रेलर बनेको हो । त्यसैले चलचित्रमा एक्शन धमकेदार छ । चलचित्रमा एक्शन मात्र नभएर मेकिङ्ग, छायांकन, द्धन्द्ध, नृत्य सबै पक्ष उत्कृष्ट रहेको छ ।

५. जाडो लागेपछि खासै चलचित्र नचलिरहेको अबस्थामा कैफियतले साथ दिन्छ भन्नेमा चाहिा कतिको ढुक्क हुनुहुन्छ ?
हेर्नुस् मौसमले चलचित्र चल्ने अथवा नचल्नेमा निर्भर रहन्न । चलचित्र दर्शकका कारण चल्ने हो त्यसैले दर्शकहरुले चलचित्र मनपराउनुहुन्छ भन्नेमा हाम्रो टिम नै विश्वस्त रहेको छ ।

६.पछिल्लो समय अधिकांश चलचित्रका कथाहरु एउटै परिवेशमा घुमेको पाइन्छ, कैफियतले चाहिँ कस्तो कथालाई उठाएको छ ?
चलचित्रमा कथा भनेको हाम्रो आफ्नै गाउँ ठाउँको नै हुने हो तर त्यसलाई प्रस्तुती कसरी गरिन्छ भन्नेमा भर पर्छ । कैफियतले पनि नेपाली समाज भित्रै घट्ने घटनालाई उजागर गर्न खोजेको छ ।

६. दर्शकहरुले चलचित्र हेरेपछि पाउने चाहिँ के छ ?
चलचित्र इन्टरटेन्मेन्ट हो । चलचित्र कैफियतले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन्छ, चलचित्र हेरिसकेपछि दर्शकहरुले राम्रो चलचित्र हेरेको भान हुन्छ, सन्देश पाउनुहुन्छ । यति चाहिा म ढुक्कले भन्न सक्छु चलचित्रले दर्शकहरुलाई निराश बनाउँदैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu