‘क्लासिक’ मेरो आफ्नै दुई चलचित्रसँगको प्रतिष्पर्धा हो: दिनेश राउत



dinesh-raut-1
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’ यति बेला दर्शकहरुको प्रतिक्षित चलचित्र बनिरहेको छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीलाई दर्शकहरुले फेरी पर्दामा हेर्न चाहेका कारणले गर्दापनि क्लासिकलाई दर्शकहरुले मनपराउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । त्यस्तै चलचित्रका निर्देशक दिनेश राउतले पनि चलचित्र सबैपक्षबाट उत्कृष्ट बनेको बताएका छन् । ठुलोपर्दा डटकमसँगको कुराकानीमा दिनेशले आफ्नो चलचित्र अरु चलचित्रसँग प्रतिस्पर्द्या नभई आफ्नो अघिल्ला दुई चलचित्रसँग प्रतिस्पर्द्या रहेको बताएका छन् । प्रस्तुत छ निर्देशक राउतसँग गरिएको कुराकानी:

१. चलचित्र क्लासिक कस्तो चलचित्र हो ?
चलचित्र क्लासिक लभस्टोरी, म्युजिक ड्रामा हो । चलचित्र आँखाले मात्र नभई मनले पनि हेर्ने चलचित्र हो । यदि आँखासँगै मनले पनि यो चलचित्रलाई हेर्‍यो भने हामीले नदेखेको अर्को संसारभित्रको एउटा मिठो प्रेम देख्न पाइनेछ ।

२. तपाईले अहिलेसम्म निर्देशन गर्नुभएको चलचित्र भन्दा क्लासिक के मा फरक छ ?
हरेक चलचित्र फरक नै हुने गर्छ । तर पनि अघिल्ला मैले निर्देशन गरेको दुईवटै चलचित्र र यो चलचित्रको मुख्य विषयवस्तु भने प्रेम नै हो । विषयवस्तु एकै रहेपनि पात्र फरक छन्, पात्रले बोक्ने भावना फरक छन् । प्रस्तुतीकरणमा अघिल्लो दुईवटा चलचित्र भन्दा परिपक्कता छ ।

३. तपाई विशेषत लभस्टोरी चलचित्र बनाउने निर्देशक भनिन्छ, क्लासिक पनि लभस्टोरीले नै छोपेको छ हो ?
अघि नै भने यो चलचित्रको मुख्य विषयवस्तु प्रेम नै हो । तर मेरो अघिल्लो चलचित्र भन्दा क्लासिक केहि फरक भने पक्कै छ । यस अर्थमा देखिरहेको संसारबाट टाढा रहेर नदेखेको अर्को संसारमा यदि आाखा र मन दुवैले हेर्‍यो भने त्यो संसारमा पुग्न सकिन्छ ।

४. क्लासिक हेरेपछि दर्शकहरुले पाउने चाहिँ के हो ?
चलचित्र क्लसिक हेरेपछि दर्शकहरुले पाउने पहिलो त मनोरञ्जन नै हो । त्यसबाहेक हामीले बाहिरी संसारमा देखेको प्रेम अर्को नदेखेको संसार भित्रको प्रेम दख्न पाइन्छ ।

५. क्लासिक के पक्षमा उत्कृष्ट छ ?
चलचित्रको प्रस्तुतीकरण, कलाकारको अभिनय, क्लासिक बाहिरको क्लासिकल अनुहारपनि ।

dinesh-raut-and-namrata-shrestha

६. आर्यन र नम्रताको जोडीलाई फेरी दर्शकहरुले मनपराउनेमा कतिको ढुक्क हुनुहुन्छ ?
चलचित्र क्लासिक मनपराउनेमा म ढुक्क छु । चलचित्र मनपरेपछि जोडी त अझ मनपराउने त भइहाल्यो । त्यसैले आर्यन र नम्रताको जोडीलाई दर्शकहरुले मनपराउनेमा विश्वस्त छु ।

७. चलचित्र भित्र तपाईलाई आर्यन र नम्रतामध्ये कसले उत्कृष्ट काम गरेको छ जस्तो लाग्छ ?
दुवैको काम मेरो लागि उत्कृष्ट छ । भोली दर्शकहरुले कसको काम उत्कृष्ट भन्ने छन् त्यो दर्शकहरुको हातमा छ ।

८. एकसाथ तीन चलचित्र प्रदर्शनमा आउँदैछन्, क्लासिक असफल होला भन्ने त छैन नी ?
छ, तर सँगै प्रदर्शनमा आएको चलचित्रको बीचमा होइन की मेरो आफ्नै दुईवटा चलचित्र आइ एम सरी र नोभेम्बर रेन भन्दा असफल होला वा सफल होला भन्ने बिचमा चाहिँ ।

९. क्लासिक असफल भयो भने तपाईलाई कुनै असर पुग्छ ?
पर्छ, तर त्यो असफलताले अर्को सफलताको खोजीका लागि चलचित्रलाई अझै बुझ्नमा सहयोग पुराउनेछ ।

१०. दर्शकलाई भन्नु केहि छ ?
चलचित्र क्लासिक फरक छ, नयाा छ, नौलो छ, हेरिदिनुहोस्, माया गरिदिनुहोस् भन्नु भन्दा पनि यदि चलचित्र क्लासिकको ट्रेलर, गीत, संगीतबाट क्लासिक चलचित्र हेर्नुपर्छ भन्ने लागेको छ भने र रिलिज डेटलाई याद गर्नुभएको छैन भने त्यो डेटलाई याद गराउन चाहन्छु, माघ २९ गते चलचित्र क्लासिक लाग्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu