बजारमा फागुन २१ गते राम्रो प्रोडक्ट आउँदैछ: निता ढुंगाना



neeta-interview
मसान, ६ एकान ६, नोट बुक लगायतका चलचित्रमा अभिनय गरिसकेकी नायिका निता ढुंगाना अहिले आफ्नो नयाा चलचित्र फूलैफूलको मौसम तिमीलाईको प्रदर्शन मिति कुरिरहेकी छिन् । फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रकी नायिका ढुंगानाका रियल प्रेमी आमेश भण्डारीको पनि चलचित्रमा मुख्य भुमिका छ । चलचित्रको प्रचार प्रसारमा व्यस्त नितासँग चलचित्र फूलैफूलको मौसम तिमीलाईको बारेमा गरिएको संक्षिप्त कुराकानी यसप्रकार छ:

१. तपाईले अभिनय गरेका अन्य चलचित्र भन्दा ‘फूलैफूलको मौसम तिमीलाई’ के फरक छ ?
फूलैफूलको मौसम तिमीलाई मैले अभिनय गरेका अन्य चलचित्र भन्दा धेरै भिन्न चलचित्र हो । यसमा एउटा सुपरपावरको कथालाई उठाउन खोजिएको छ यो नै नयाँ भयो । र मैले चलचित्रमा पाएको इन्स्पेक्टरको क्यारेक्टर छ त्यो नै मेरो लागि नयाँ भयो । यति मात्र होइन चलचित्र भित्र धेरै नयाँ कुराहरु छन् । दर्शकहरुले चलचित्र हेरिसकेपछि नयाँ रैछ भन्ने महशुस गर्न पाउनुहुन्छ ।

२. चलचित्रको ट्रेलर हेर्दा एक्शन र लभस्टोरीलाई उठाएको छ, खासमा चलचित्रले कुन चाहिँ पाटोलाई विशेष गरेर उठाएको छ ?
चलचित्र भित्र एक्शन र लभस्टोरी दुवै पक्षलाई उतिक्कै उठाएको छ । म चलचित्रमा एउटा इन्स्पेक्टरको क्यारेक्टरमा भएपछि पक्कै पनि त्यसमा एउटा एक्शन त हुने भइगयो र हिरोको पनि छ । योसँगै चलचित्रमा सुपरपावरलाई ल्याएर मायालाई पनि उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । यो भनौं न चलचित्र भित्र एक्शन र लभस्टोरी ५०/५० छ ।

३. यो चलचित्रसँग अर्को चलचित्र ड्रिम्स पनि एकसाथ प्रदर्शनमा आउँदैछ । दर्शकले दुवै चलचित्रको प्रतिक्षा गरिरहेका छन् । कतै ‘चलचित्र फूलैफूलको मौसम तिमीलाई’ असफल होला भन्ने त छैन नी ?
चलचित्र दर्शकका लागि बनाउने हो र हामीले दर्शकका लागि मन पर्ने चलचित्र खेल्ने हो । कसैसँग लड्न र डराउनका लागि चलचित्र बनाउने पनि होइन र हामीले त्यसरी अभिनय पनि गर्दैनौं । दुई चलचित्र एकसाथ प्रदर्शनमा आउदा दर्शक बाढिने भए, लगानी बाढिने भयो भन्ने मात्र हो । चलचित्र फूलैफूलको मौसम तिमीलाई हामीले कसैबाट डराउनका लागि बनाएका हैनौं र म यतिसम्म ढुक्क छु दर्शकहरुले हामीलाई खुसी बनाउनु हुन्छ । किनकी चलचित्र उत्कृष्ट बनेको छ ।

४. निर्देशक दिनेश डिसीसँग यो तपाइँको दोस्रो चलचित्र हो । अब आगामी दिनहरुमा तपाई दिनेश डिसीकै चलचित्रमा विशेषत देखिने हो ?
त्यस्तो होइन । दिनेश दाईसँग यो मेरो दोस्रो चलचित्र मात्र हो । यो भन्दैमा उहाँकै चलचित्रमा म देखिन्छु भन्ने छैन । म चलचित्रमा सुहाउँछु भने मात्र दिनेश दाईले मलाई लिनुहुन्छ, नभए दिनेश दाईकै चलचित्रमा मात्रै काम गर्ने भन्ने हुन्न । मलाई सुहाउने र राम्रो क्यारेक्टर भयो भने पक्कै उहाँले मलाई सम्झनुहुन्छ र म त्यो गर्न तयार पनि हुन्छु किनकी उहाँ राम्रो काम गर्ने निर्देशक हो र उहाँसँग काम गर्न पाउँदा मलाई रमाइलो पनि लाग्छ ।

५. दिनेश डिसीको अर्को चलचित्रमा पनि देखिँदै हुनुहुन्छ भन्ने छ नी ?
कुरा भएको हो तर म अलि नसुहाउने होकी भन्ने शंका छ । हेरौं पछि के हुन्छ ।

६. यो चलचित्रसँगै एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ड्रिम्सलाई केहि भन्नु छ ?
नेपालमा बनेका सबै चलचित्र चल्नु पर्छ । सबै चलचित्रले दर्शकको साथ पाउनुपर्छ त्यसैले ड्रिम्सलाई पनि मेरो शुभकामना छ र चलचित्र फूलैफूलको मौसम तिमीलाई पनि शुभकामना छ दुवै चलचित्र सफल होउन् ।

७. फूलैफूलको मौसम तिमीलाई हेर्न आइदिनुहोस् भनेर दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?
यो चलचित्र फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ, सबैले एकपटक हेरिदिनुहोला । निता ढुंगानाको धेरैपछि आएको चलचित्र पनि हो । चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा निता फरक देखिएको छ भन्ने पनि आइरहेको छ । बजारमा फागुन २१ गते राम्रो प्रोडक्ट आउँदैछ एकपटक सबैले हेरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu