जीवन कुसुमलाई भन्दैछन् ‘किन बोल्दिनौ’ (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाल अमेरिकामा रहँदैं आएका चर्चित अभिनेता जीवन लुईटेल एक म्युजिक भिडियोमा देखिएका छन । अमेरिकामा रहँदैं सिनेमा पढिरहेका केहि युवाहरुको समुहले निर्माण गरेको ‘किन बोल्दिनौ’ बोलको भिडियोमा जीवन देखिएका हुन् ।

दिनेश शंकरको आवाज रहेको उक्त गीतको भिडियो अमेरिकाकै बिभिन्न स्थानमा खिचिएको हो । भिडियोमा ओम शंकरको रचना रहेको छ भने नेक्सस क्रियसनले उक्त भिडियो तयार परेको हो । मोहित मुनालको एरेन्जमा दिनेश शंकरको आफ्नै संगित गीतमा रहेको छ । भिडियोमा जीवनसंगै कुसुम तिमल्सिनाले अभिनय रहेको छ ।

जीवनकी प्रेमिका कुसुम रिसाएको र जीवनले उनलाई मनाउन गर्ने कसरत भिडियोले देखाउछ । भिडियोलाई कासी र दिलानले संयुक्त छायांकन गरेका हुन् भने गोविन घिमिरेको कलर करेक्सन र सम्पादन रहेको छ । भिडियोको निर्देशन भने दिपक गजमेरले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu