‘लुकामारी’मा सौगातको चरित्र बिशेष भएकाले आँखा छड्के पारियो: निर्देशक



Shreeram-and-saugat

चलचित्र ‘लुट’मा एकसाथ काम गरेका कलाकारद्वय सौगात मल्ल र कर्माले अभिनय गरेको नेपाली चलचित्र लुकामारी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको छ । केहि चलचित्रमा नायक सौगात मल्ललाई फरक-फरक गेटअपमा पाईएको थियो । खासगरी उनको अभिनय क्षमताको कारण नै उनले धेरै प्रकारका भूमिका निभाईसकेका छन् ।

यसपटक ‘लुकामारी’मा उनको एक आँखा छड्के छ । यसबारेमा चलचित्रका निर्देशक श्रीराम दाहालले सौगात मल्लको आँखा छड्के हुनुमा चलचित्रको परिवेश बताएका छन् । उनले भने, ‘सौगातको चरित्र निकै अद्भुत र बिशेष छ । उहाँ अरुभन्दा फरक देखिनै पर्ने थियो । त्यसकारण पनि उहाँलाई यो लुक्समा ल्याएका हौँ’ । दाहालले सौगातले पुरै चलचित्रमा प्राकृतिक रुपमा नै आँखा छड्के बनाएको बताए ।

सुरजमान सिंह भण्डारीले निर्माण गरेको ‘लुकामारी’मा कर्मा र सौगातका अलावा रिस्ता बस्नेत र सुरविना कार्कीको पनि मुख्य भूमिका छ ।

बाँकी कुराकानी भिडियोमा:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu