मेरो चरित्र जीवनसँग नजिक हुन्छ: दयाहाङ् राई



Dayahang-rai-interview

चलचित्र ‘वीर विक्रम’को ट्रेलर र गीर रिलीज भएपछि नायक दयाहाङ् राईलाई देखिँदै आएको भन्दा केहि फरक पाईयो । यो चलचित्रमा उनले नाचेका छन् साथै दिल खोलेर रोएका पनि छन् । बताईए अनुसार उनलाई एक्शनमा पनि देख्न पाईनेछ ।

ठुलोपर्दासँगको कुराकानीमा उनलाई ‘तपाईँ कसरी परिवर्तन हुनुभयो ?’ भनेर सोधिएको प्रश्नमा यसअघि आफ्नो नियत हँसाउने नभएको बताए । उनले भने, ‘म परिवर्तन भएको होइन । मसँग भएको क्षमता मैले अपनाएको छु । मलाई देखेर हाँस्ने कुरामा मेरो त्यो नियत होइन् । जीवनसँगको नजिक रहेको कुरामा मानिस हाँस्ने हो । मेरो चरित्र त्यहि हो, त्यसकारण दर्शक हाँस्ने हो । मैले अभिनय गरेका दृश्य र उहाँहरुको जीवनको क्षण एकैठाउँ भएपछि हाँसो लाग्ने हो’ ।

उनले समय दिन नपाउँदा साथीभाई र परिवारको प्रतिक्रियाबाट दुखी हुने गरेको बताए । ‘आफुले रोजेको पेशा हो, रमाईलो लाग्छ तर समय दिन नपाउँदा साथीभाई र परिवारको प्रतिक्रियाबाट दुखी हुन्छु’ उनले भनेका छन् ।

उनले व्यक्तिगत तालिकाबाट चलचित्र र नाटकलाई समय मिलाउँछन् । थियटरलाई २ देखी ४ महिना उनले समय छुट्टाएका छन् भने अरु समय चलचित्रलाई दिन्छन् ।

हेर्नुहोस् उनिसँग गरिएको कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu