‘राइ इज किङ्ग’को एल्बममा राजेश हमालको मुक्तक वाचन (भिडियो)



rajesh-hamal-and-rajesh-payal-rai

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘राई इज किङ’ राजेश पायल राईको महत्वाकांक्षी एल्बम ‘दर्शन नमस्ते-३’को एक गीतमा नायक राजेश हमालले मुक्तक वाचन गरेका छन् । हमालले बरिष्ठ गीतकार रत्नशम्सेर थापाको ५५ वर्ष पुरानो उक्त मुक्तक वाचन गरेका हुन् ।

कुल्ची हिड हाँसी हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन, यो त एक थुप्रो माटा हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरी सुकेको एक थोपा आँशुको टाटो हो ।

१० मिनेटमा नै हमालले उक्त मुक्तक वाचन गरेका थिए । योसँगै ‘दर्शन नमस्ते-३’ का लागि रेकर्डिङ सकिएको गायक राईले बताए ।

‘यो मुक्तक ५५ वर्ष अगाडीको हो, मैले लेखेको त अझ ६० वर्ष भइसक्यो । यस गीतलाई गोपाल योञ्जनदेखि अम्बर गुरुङसम्मले मागेका थिए । तर, दिइन’, गीतकार रत्नशम्सेर थापाले बताए । उनले आफनो उक्त मुक्तक ५५ वर्ष अगाडी ‘ज्योति’ नामक पत्रिकामा प्रकाशित भएको जानकारी गराउँदै भने, ‘अहिले म ७९ वर्षको भए ।’ गीतकार रत्नशम्सेरले आफ्नो यस गीतलाई तारादेवीलगायतका गायक/गायिकाले पनि गाउने प्रयास गरेको बताए । बालकृष्ण समदेखि लक्ष्मीप्रसाद देवकोटाहरुसम्मले पटक-पटक वाचन गर्न लगाएर सुनेको समेत बताउदै रत्नशमसेरले वाचन गरेर पनि सुनाएका थिए ।

नायक हमालको शब्द वाचनपछि मात्र पायलको स्वर सुन्न सकिन्छ । यस गीतलाई हरि लम्सालले संगीत गरेका हुन् । यो राजेशपायलको अहिलेसम्मका गीतभन्दा फरक बनेको बताईएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu