एलजि फिल्म अवार्डमा सहभागि हुन बलीउड अभिनेता शत्रुघन सिन्हा नेपालमा



Shatrughan-Sinha-In-Nepal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बलीउडका चर्चित अभिनेता शत्रुघन सिन्हा नेपाल आएका छन् । उनि मंगलबार दिउसो चार बजे नेपाल आईपुगेका हुन् ।

बुधवार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागिता जनाउँदै आफ्नो बायोग्राफी पुस्तक ‘एनिथिङ् बट खामोस्’को नेपालमा सार्वजनिक गर्न काठमाण्डौ ओर्लिएका हुन् ।

उनले त्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग भेटघाट समेत गरेका छन् । पत्रकारसँग कुरा गर्दै सिन्हाले आफु पशुपतिनाथको कृपाले स्वस्थ रहेको बताए । उनले आफु बेला-बेलामा नेपाल आईरहने गरेको पनि खुलाए ।

सिन्हाले नेपालीहरुको स्वागत-सत्कारले आफूलाई लोभ्याउने भन्दै आफु पशुपतिनाथको दर्शनका लागि पनि नेपाल आउने गरेको बताए ।

तपाई के खानुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले सिन्हाले सबैभन्दा पहिला खुशी हुन जरुरी भन्दै योगा गरिरहेको बताए । सोहि प्रश्नको उत्तरमा उनले पशुपतिनाथको कृपाले स्वस्थ रहेको बताए ।

शत्रुघनले बुधवार आयोजना हुने अवार्ड समारोहमा आफ्नो पुस्तक सार्वजनिक गर्नेछन् । सिन्हाका अनुसार उक्त पुस्तकमा उनको चलचित्र यात्रा तथा राजनैतिक यात्राबारे विस्तृतमा खुलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu