डाक्टरसँग केकीको अभिनय (भिडियो)



keki-and-dr-mehta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहताले नायिका केकी अधिकारीसँग अभिनय गरेका छन् । उनले आँफैले गाएको गीत ‘फूलको सुवास…’मा अभिनय गरेका हुन् ।

भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । गीतका रचनाकार नारायण खरेल हुन् भने विशाल हुमागाईँ यो गीतका संगीतकार हुन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

बाल्यकालदेखि नै संगीतमा रुची राख्ने डा.मेहता करिव तीन वर्षदेखि सांगीतिक क्षेत्रमा पनि सक्रिय छन् । हालसम्म पाँच वटा गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर स्रोतामाझ आउने तयारी समेत गरिरहेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu