बलीउड निर्देशक विवेक शर्माले नेपाली चलचित्र बनाउँदै



rose-rana-and-vivek-sharma

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बलीउडमा राज गरेका सुपरस्टारहरु अमिताभ बच्चन र शाहरुख खानसँग ‘भूतनाथ’ नामक चर्चित चलचित्र निर्देशन गरेका विवेक शर्मा नेपाली चलचित्रसँग जोडिएका छन् । मंगलवार साँझ काठमाण्डौमा आयोजित प्रेस भेटघाटलाई आधार मान्दा उनले अब नेपाली र हिन्दी भाषामा बन्ने चलचित्र ‘मेरो पैसा खै’ निर्देशन गर्दैछन् ।

यो चलचित्रमा नेपाली निर्माता रोज राणाले लगानी गर्नेछन् । यद्यपी शर्मा निर्देशक मात्र होइनन्, लगानीका साझेदार पनि हुन् । ‘मेरो पैसा खै’मा पचास प्रतिशत कलाकार नेपालबाट र पचास प्रतिशत भारतबाट हुनेछन्, जसमा राजपाल यादवको अग्रणी भूमिका हुनेछ भने जुही चावलाको गेष्ट अपियिरेन्स रहनेछ ।

रेदाअंश सिने आर्ट्सको व्यानरमा यो चलचित्र बन्नेछ । निर्देशक शर्माले पैसाको कारण हरेक व्याक्तिको जीवनमा पर्ने प्रभावमा आधारित रहेर यो चलचित्र बन्ने बताए । नेपालबाट हालसम्म द्वन्द्व निर्देशकमा चन्द्र पन्त अनुबन्धित छन् । कार्यक्रममा निर्देशक शर्माले पन्तलाई बलीउडमा पनि लैजाने बताका छन् ।

यो चलचित्रमा अधिकांश दृश्य नेपालका हुनेछन् भने मुम्बईमा पनि छायांकन हुनेछ । नेपालका मुस्ताङ, पोखरा, काठमाडौंमा यो चलचित्र खिचिनेछ ।

छायांकनको बेलामा नै नेपाली र हिन्दीमा रहने यो चलचित्र फ्रेञ्च, जर्मन, तेलुगु, तमिल, अंग्रेजी लगायतका ११ भाषामा डबिङ हुने निर्देशकले बताए । यो चलचित्रमा पटकथा तथा संवाद समेत निर्देशक शर्माको नै रहने छ ।

निर्माता राणाले कलाकार लगायतका कुराहरुमा आफुले कुनै हस्तक्षेप नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu