‘तितो-सत्य’का ‘ओ माई लभ’को निधन, संवाद बोल्दा-बोल्दै ढले बिष्णुभक्त



bishnu-bhakta-phuyal-passes-away

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बरिष्ठ हाँस्यकलाकार बिष्णुभक्त फुयालको निधन भएको छ । उनको निधन स्टेजमा नाटक गर्दा-गर्दै भएको हो ।

सँस्कृतविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘महर्षि याज्ञवल्क्य’मा अभिनय गरिरहेको बेला संवाद बोल्दा-बोल्दै उनको बोली लरबरिएको थियो । लगत्तै उनि ढलेका थिए । मंगलवार दिउँसो ३.३० बजेको समयमा बेहोस् भएका उनको निधन वीर अस्पतालमा साँझ ६.१० मा भएको थियो । उक्त नाटकमा उनले राजा जनकको भूमिका निभाईरहेका थिए ।

नेपाल टेलिभिजनबाट लामो समय प्रसारण भएको हाँस्य टेलिश्रृंखला ‘तितो-सत्य’मा बिष्णुलाई अभिनय गराएकी दीपाश्री निरौलाले बिष्णुलाई बाथ रोग रहेको बताईन् । साथै बिष्णुलाई चिसोको एलर्जी रहेको समेत उनले जानकारी दिएकी छिन् । ‘तितो-सत्य’मा बिष्णुले ‘ओ माई लभ’ भन्दै पर्दामा आउँदा बच्चा देखी वृद्धसम्म मुर्छा परेर हाँस्थे ।

‘उहाँको निधनले ठुलो क्षति भएको छ । यो दुखद क्षण हुँदा-हुँदै पनि एक कलाकारको चाहना अभिनय गर्दा-गर्दै मरण होस् भन्ने नै हुन्छ जुन चाहना बिष्णु दाईले पुरा गर्नुभएको छ’ कलाकार तथा निर्देशक दीपाश्री निरौलाले बताइन् ।

दीपाश्रीका अनुसार वीर अस्पतालबाट त्रि.वि. शिक्षण अस्पतालमा फुयालको शव राखिएको छ । बुधवार दिउँसो ११ देखी २ बजे सम्म अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu