नेपालमा खिचियो हलीउड प्रोजेक्ट ‘एक्सा’



काठमाण्डौ। हलीउडको टेक्निकल टिमले हलीउड प्रोजेक्ट ‘एक्सा’ को छायांकन नेपालमा सकाएको छ । उक्त प्रोजेक्टमा नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टरमा जनकदीप पराजुली रहेका छन् । पछिल्लो समय नेपाली प्रोजेक्टमा भन्दापनि जनकदीप बलीउड तथा प्रोजेक्टमा बढी व्यस्त बन्न थालेका छन् ।

यो हलीउड प्रोजेक्टलाई मुम्बईका लाइन प्रोड्यूसर राजेन्द्र घिमिरेले प्रोडक्सन डिजाइन गरेका हुन् । छायांकनका लागि मुख्य प्राविधिक हलीउडबाट आएका थिए भने केही जुनियर प्राविधिक नेपालका पनि थिए ।

यस प्रोजेक्टमा एक विदेशी यूवती नेपालको एक विद्यालयमा भोलेन्टियरको रुपमा काम गर्दैगर्दा भुकम्प आउँछ र उनी सख्त घाईते हुन्छन् । त्यसपछि उनी उपचारको लागि आफ्नो देश फर्किन्छिन् । उनी फेरी भुकम्प पश्चात पनि नेपालीहरु कसरी जीविकोपार्जन गरिरहेका छन् भन्ने जानकारी दिन नेपाल आउँछन् ।

यसमा समावेश हुने भूकम्पका दृश्यहरु बैंककमा सेट लगाएर खिचिने जनकदीपले जानकारी दिए । केही दृश्यहरु एनिमेसन गरेर पनि राखिने छ । यसको बाँकी छायांकन फ्रान्स र बैंककमा गरिने छ । यस प्रोजेक्टमा हलीउडका सुपर मोडल जुली र काठमाडौंका चित्र फूयालको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu