‘ए सोल्टिनी’ को ‘झुम्ताना झुम्ताना’ सार्वजनिक (भिडियो)



‘ए सोल्टिनी’ चलचित्रको पोस्टर, गीत र ट्रेलर एकसाता अघि प्रेसमिट गरि सार्वजनिक गरिएको थियो । ट्रेलर सोही दिन युट्युवमा आएको थियो भने ‘झुम्ताना झुम्ताना’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ ।

निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को सो गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सविन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu