‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर रिलिज



फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । संजय थापाको डिजाइन रहेको पोष्टर सरल र आकर्षक छ ।

चलचित्रमा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ ।

नरेश कुमार केसीले निर्देशन गरेको यो चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu