‘चङ्गाचेट’ निर्देशन गर्न दीपेन्द्रले लिए २५ लाख



पछिल्लो समय नायक मात्र होइन, नेपाली चलचित्र निर्देशकहरु पनि महंगा बन्दै गएका छन् । निश्चिल बस्नेत, रामबाबु गुरुङ जस्ता केही निर्देशकले एक चलचित्र निर्देशन गरेबापत २५ लाख बढी पारिश्रमिक लिने गरेको खबर बाहिर आइसकेको छ ।

यो लिस्टमा ‘पशुपतिप्रसाद’ फेम निर्देशक दीपेन्द्र के. खनाल पनि इन्ट्री भएका छन् । दीपेन्द्रले हालैमा ‘चङ्गाचेट’ नामक चलचित्र २५ लाखमा साइन गरेका छन् । यो कुराको पुष्टि उनी आफैंले गरे । उनी भन्छन्, ‘सबैले २५ लाख लिनु पर्छ भन्ने पनि होइन । तर, २५ लाख निर्देशकलाई दिएर निर्मातालाई के फाइदा हुन्छ त्यो हेर्न आवश्यक छ । एक वर्ष त्यो चलचित्रलाई समय दिएर २५ लाख लिनु भएको खासै ठूलो रकम होइन ।’

चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्द्र झा, ऋचा शर्मा र सन्ध्या केसी लिड रोलमा अनुवन्धित भइसकेका छन् । अझै केही कलाकारको छनौट कार्य भइरहेको छ । कमेडी जनरामा निर्माण हुन लागेको यो चलचित्रका निर्माता माधव वाग्ले हुन् ।

जनकपुर, काठमाडौं र पोखरामा खिचिने चलचित्रमा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ । ‘चङ्गाचेट’को छायांकन चैत १ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu