‘बटरफ्लाई’मा पनि मेरो सिक्स प्याक : आर्यन अधिकारी



गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘के म तिम्रो होइन र’ बाट नायक आर्यन अधिकारी चलचित्र क्षेत्रमा उदाए । यो चलचित्रले बक्स अफिसमा खासै ठूलो तरंग ल्याउन सकेन तर आर्यनको लुक्स, सिक्स प्याक शरीर र अभिनयले भने धेरै चर्चा पायो । उनले डेब्यू चलचित्रबाटै आफूलाई एक्सन नायकको रुपमा स्थापित गराए ।

उनी अभिनीत दोस्रो चलचित्र ‘बटरफ्लाई’ यही हप्ताको शुक्रवारबाट हलमा लाग्दैछ । यो चलचित्रमा आर्यनले नायिका प्रियंका कार्कीसँग रोमान्स गरेका छन् । आइतवार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो चलचित्र मेरो लागि महत्वपूर्ण छ । ‘बटरफ्लाई फरक किसिमको लभस्टोरी चलचित्र हो । मेरो भूमिका पनि फरक छ । ‘माया र लडाइँमा जे पनि जायज हुन्छ’ भने किसिमको चलचित्र हो यो ।’ उनी दर्शकलाई चलचित्रले भरपुर मनोरञ्जन दिनेमा ढुक्क छन् ।

यस्तै, उनले ‘बटरफ्लाई’मा दर्शकले आफ्नो सिक्स प्याक फेरि हेर्न पाउने पनि बताए । आर्यन थप्छन्, ‘डेब्यू चलचित्रमा टिर्सट च्यातेको थिएँ यो चलचित्रमा सर्ट च्यातेको छ ।’

आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित लिड अभिनयमा रहेको ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

सुरेश बज्राचार्यले खिचेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको चलचित्रमा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले चलचित्र सम्पादनको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu