‘पञ्चायत’ को अमेरिकामा प्रिमियर



पचास वर्ष पुरानो कथामा आधारित ग्रामिण कथा र पुरानो सँस्कृति झल्काउने चलचित्र ‘पञ्चायत’को अमेरिकाको भर्जिनिया शहरमा प्रिमियर गरिएको छ ।

‘पञ्चायत’को प्रिमियरका लागि भन्दै अभिनेता सरोज खनाल केहीदिन अगाडि मात्र अमेरिका उडेका थिए । चलचित्रको अमेरिकाको भर्जिनियामा गरिएको प्रिमियरमा दर्शको प्रतिक्रिया निकै राम्रो मिलेको छ । आइतवार भएको प्रिमियरमा चलचित्रका अभिनेता सरोज खनाल र नायिका नीता ढुंगानाको अभिनयको सबैले तारिफ गरे।

यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

यस चलचित्रमा सरोज खनाल र नीता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

‘पञ्चायत’को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् ।

टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu