‘मिस्टर झोले’ को कभर भिडियो कम्पिटिसनमा ‘क्रिस्टल क्रू’ बन्यो पहिलो



पुष २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर झोले’ले आयोजना गरेको ‘ओखती’ बोलको कभर भिडियो कम्पिटिसनको विजेता घोषणा गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण यूनिटले उत्कृष्ट ३ भिडियोलाई पुरस्कार प्रदान गर्‍यो ।

‘क्रिस्टल क्लाउज क्रू’ले तयार पारेको भिडियो पहिलो बन्यो भने वान सटमा तयार पारिएको ‘किशन एण्ड डान्स क्रू’ले बनाएको भिडियो दोस्रो घोषित भयो । यस्तै, ‘द डाइनामिक क्रू’को भिडियो तेस्रो बन्न सफल भएको छ । प्रतिस्पर्धामा प्रथम हुने डान्स ग्रुपले १ लाख ५५ हजार, दोस्रो हुनेले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

निर्देशक रामबाबु गुरुङका अनुसार, प्रतियोगितामा कूल २५ भिडियो सहभागी थिए । चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu